३१ औ वार्षिक साधारण सभा सम्पन्न

३१ औ वार्षिक साधारण सभा सम्पन्न

सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २७ औं बार्षिक साधारण सभा मंसिर १४ गते शनिवार सम्पन्न गरेको छ । “बचत त्याग बाट प्राप्त हुन्छ” भन्ने मुल मन्त्रलाई आत्मासात् गर्दै २०४९ साल भाद्र ७ गतेका दिन विधिवत रुपमा सहकारी ऐन २०४८ बमोजिम सहकारी विभागमा दर्ता भएको हो |

 संस्था र सदस्यहरुबीचको आपसी सहयोग र सहकार्य अभिबृद्धि गर्दै संस्थाको गतिविधिहरुमा सदस्यहरुको भुमिकालाई महत्वपूर्ण रुपमा लिनुका साथै विविध क्रियाकलापले सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणका साथै सहकारी अभियानलाई अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वमा समेत विशेष चासो राख्दै आएको छ । संस्थाले शुरुवाती दिनदेखि नै सबैको विश्वास जित्न सकेको कारण निरन्तर रुपमा अगाडी बढेको छ । आगामी दिनहरुमा अझै सदस्यहरुको चौतर्फी विकास र सहकारी अभियानको सहयात्रामा सामेल भै अगाडी बढ्ने प्रतिबद्धता सो संस्थाले गरेको छ । ४४ जना बाट शुरु भएको बचत समुह हाल ३२७३ सदस्यहरुको साझा चौतारी बनेको छ ।

            संस्थाले आफ्नो शेयर पूँजी रु. ३,४४,२९,४००.००/- पुर्याएको  छ । भने सदस्यहरु बाट निक्षेप संकलन रु. ३४,४३,५०,०००.००  गरेको छ भने सदस्यहरुलाई लगानी रु ६९,४१,०००,००.००/– गरेको छ । चाहे अभियान होस् चाहे सामाजिक दायित्व निभाउन नै किन नहोस् यो संस्था कहिले पछि परेको छैन र आगामी दिनमा समेत सदस्यहरुको आर्थिक , सामाजिक र साँस्कृतिक विकासको लागि निरन्तर कटिबद्ध भएर लागि पर्ने र अझ भन्नु पर्दा जन्मदेखि मृत्युपर्यान्त सदस्य हितको लागि संस्था लागि पर्ने बताए ।
 

संस्थाका अध्यक्ष श्री रामकृष्ण कार्कीको सभापतित्व तथा संस्थाका पूर्व अध्यक्ष श्री शम्भु बहादुर के.सी को प्रमुख आथित्यतामा भएको कार्यक्रममा ब्यबसयी तथा समाजसेवी सलाहकार जनार्दन कृष्ण श्रेष्ठ उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा तपशिलका बिषयहरुमा छलफल गरि निर्णय समेत गरियो ।

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत प्रतिबेदन पारित गरियो ।
२) लेखा समितिको तर्फवाट लेखा संयोजकज्यूले प्रस्तुत प्रतिबेदन पारित गरियो ।
३) कोषाध्यक्षज्यूले प्रस्तुत गर्नू भएको २०७९।०८० को बार्षिक कार्यक्रम पारित गरियो ।
४) आ.ब. २०७९।०८० को लेखा परिक्षकको प्रतिबेदन पारित गरियो ।
५) आ.ब. २०८०।०८१ को लेखा परिक्षण गर्न लेखा परिक्षण गर्न पेशागत प्रमाण पत्र नं. १२०६ Parajuli & Associates का लेखा परीक्षक श्री हरिचन्द्र पराजुली, पेशागत प्रमाण पत्र नं. २२७७ G.P.& Associates का लेखा परीक्षक गोपाल प्रशाद पौडेल र पेशागत प्रमाण पत्र नं २२२८ Kuber & Associates का लेखा परीक्षक कुबेर निरौला ज्युलाई राख्ने निर्णय गरियो ।
६) ३१ औ बार्षिक साधारण सभाको निर्णय पूस्तिका प्रमाणित गर्न १० जना सदस्यहरु चयन गरियो र एकृकित माइन्युट प्रमाणित गर्न प्रतिनिधि चयन गरियो  ।
७) आ.ब.०७९/०८० मा संचालक समितिबाट भएका निर्णयहरु अनुमोदन गरियो ।
८) बचत तथा ऋण कारोबार गर्ने उपयूक्त संस्थाहरुसंग एकिकरण गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय गरियो ।
९ ) संस्थाको नीति, कार्यविधि तथा संसोधित नीति, कार्यविधि नियमावलीहरु पारित गरियो ।

 त्यस्तै संस्थाले संस्थामा बिशेष योगदान दिने कर्मचारिहरु श्री लक्ष्मी बानिया र प्रेम कृष्ण श्रेष्ठ लाई पनि सम्मान गरेको थियो ।

संस्थाको कार्यालय कुपन्डोल ज्वागल स्थित आफ्नै भवनबाट तथा घन्टाघर, मैतीदेवी, चाबहिल, मध्यपुर थिमी, लुभु को सदस्य सेवा केन्द्रबाट सदस्यहरुलाई मोबाइल बैंकिङ, बैंक ट्रान्सफर,  रेमिट्यान्स् लगायतका सुविधा प्रदान गर्दै आएको छ भने निकट भबिष्यमा शेयर सदस्यहरुमा VISHA DEBIT CARD को सेवा पनि उपलब्ध गराउने छ  ।

धन्यबाद